असोज ४, काठमाडौँ । मानवसेवा आश्रमका सम्पूर्ण सेवाकेन्द्रहरुमा ३२ वटा भोजनसेवा सम्पन्न भएका छन् भने ७ वटा खाजासेवा भएका छन् ।
जसमा रानीवन सेवाकेन्द्रमा १, सामाखुसीमा १, धनगढीमा २, झापामा १, सुर्खेतमा ३, विराटनगरमा १, नेपालगञ्जमा २, जनकपुरमा २, दाङमा २, बुटवलको सुख्खानगरमा २, तिलोत्तमा २, र बागलुङमा एउटा भोजनसेवा सम्पन्न भएका छन् । यसैगरी भक्तपुरमा २, हेटौँडामा १ र सबैभन्दा बढी चितवन सेवाकेन्द्रमा ९ ओटा भोजनसेवा सम्पन्न भएका छन् ।
यसैगरी मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरुमा ७ वटा खाजासेवा सम्पन्न भएका छन् । सुर्खेत सेवाकेन्द्रमा १, सर्लाहीमा १ विराटनगरमा १, दाङमा १, बागलुङ १, भक्तपुरमा १, सामाखुसीमा १ गरी ७ वटा भोजनसेवाहरु सम्पन्न भएका हुन् ।