सर्लाही । जन्मदिनकाे अवसरमा मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रलाई खाद्यान्न सहयाेग प्रदान गरिएकाे छ ।
साेमबार देवीकुमारी भण्डारी र अमर भण्डारीले छाेरी अनु भण्डारीकाे जन्मदिनको अवसरमा सर्लाही सेवाकेन्द्रमा रहँदै आउनुभएका मानवहरूकाे सेवा सहजताका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री सहयाेग गर्नुभएकाे हाे ।
त्यस्तै मानवसेवा आश्रम हेम्जा सेवाकेन्द्रलाई पुण्यतिथिमा स्मृतिमा भाेजनसेवाका लागि खाद्यान्न सामाग्री प्राप्त भएकाे छ ।
साेमबार पोखरा महानगरपालिका-८ सिर्जनाचोक निवासी तुलसा पाण्डेद्वारा स्वर्गीय बुवा हरिप्रसाद भण्डारीको पुण्यतिथिकाे स्मृतिमा खाद्यान्न सामाग्री याेगदान भएकाे हाे ।
पाण्डेले स्वर्गीय बुवाकाे आत्माकाे चीर शान्तिकाे कामना गर्दै पोखराकाे हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका १ सय ३८ जना मानवहरूकाे लागि सेवा व्यवस्थापनका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्रीसँगै नगद ३० हजार रूपैयाँ सहयाेग गर्नुभएकाे हाे ।
मानवसेवा आश्रमले विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।