काठमाडाैँ । मनाङ खाङ्सार आमा समूहले मानवसेवा आश्रम काठमाडाैँकाे रानीवन सेवाकेन्द्रलाई खाद्यान्न सामाग्री प्रदान गरेकाे छ ।
शुक्रबार काठमाडाैँ महानगरपालिका-५ स्वयमभूस्थित मनाङ खाङ्सार आमा समूहद्वारा रानीवन सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानवहरूकाे सेवा सहजताका लागि खाद्यान्न सामाग्री याेगदन गरिएकाे हाे ।

आमा समूहले पुर्याएकाे याेगदानले रानीवन सेवाकेन्द्रमा आश्रित २ सय जना मानवहरूकाे सेवा व्यवस्थापनमा थप टेवा पुगेकाे छ ।
त्यस्तै शुक्रबार मानवसेवा आश्रम कैलालीकाे धनगढी सेवाकेन्द्रलाई भाेजनसेवाका लागि खाद्यान्न सामाग्री प्राप्त भएकाे छ
धनगढी उपमहानगरपालिका-२ रामजानकी टोल निवासी पंकज जैसवाल र अनु जैसवालले छोरी निया जैसवालकाे जन्मदिनको अवसरमा धनगढी सेवाकेन्द्रकाे संरक्षणमा रहँदै आउनुभएका मानवहरूकाे भाेजनसेवा सहजीकरणका लागि खाद्यान्न सामाग्री सहयाेग गर्नुभएकाे हाे ।
-1744973775.jpg)
मानवसेवा आश्रम विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हाे ।