हेटाैंडा । मानवसेवा आश्रम मुख्य कार्यालयकाे क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले सुरू भएकाे महायज्ञकाे आज अन्तिम हाे । महायज्ञमा आइतबार ५० लाख ५२ हजार रूपैयाँ बराबरकाे दान प्राप्त भएकाे आश्रमकाे वित्त विभागले जनाएकाे छ ।
आश्रमकाे सेवा व्यवस्थापनकाे लागि मकवानपुर जिल्लाका सम्पूर्ण स्थानीय तहले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यही क्रममा आश्रमकाे सेवा व्यवस्थापनकाे लागि महायज्ञमा आइतबार थाहा नगरपालिकाले ५ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरेकाे छ । त्यस्तै मनहरी गाउँपालिकाले १० लाख रूपैयाँ, बागमती गाउँपालिकाले ५ लाख रूपैयाँ, बकैया गाउँपालिकाले ५ लाख ११ हजार ५ सय ५५ रूपैयाँ, इन्द्र सराेवर गाउँपालिकाले ५ लाख रूपैयाँ, कैलाश गाउँपालिकाले ५ लाख रूपैयाँ, भिमफेदी गाउँपालिकाले ५ लाख रूपैयाँ, राक्सिराङ गाउँपालिकाले ५ लाख रूपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ५ लाख रूपैयाँ दिने प्रतिबद्धता गरेकाे हाे ।
आइतबार अक्षयकोष श्रीवृद्धिका लागि महायज्ञमा दान गर्ने दाताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा गक्ष अनुसारकाे दान गरेर मानवीय सेवामा सहयाेग गरेकाे भन्दै आश्रमले सम्पूर्ण मनकारी दाताहरूमा कृतज्ञता ज्ञापन गरेकाे छ ।
व्यक्तिगत रूपमा आइतबार बद्रीनाथ शर्मा/निर्मला रुपाखेती/छोरा विवेक शर्माले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।
महायज्ञमा हेटौंडा उपमहानगरपालिका-७ मकवानपुरस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले अक्षयकोष श्रीवृद्धिका लागि ५१ हजार १ सय ५१ रूपैयाँ दान गरेकाे छ । धर्मपथ टोल विकास संस्था परिवारले १ लाख ११ हजार १ सय ५१ रूपैयाँ, पतंजली योग जिल्ला समिति मकवानपुरले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गरेकाे छ ।
अक्षयकोष श्रीवृद्धिका लागि रमेश कुमार सिंह/शुशीला सिंहले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे ।
त्यस्तै संस्थागततर्फ कुखुरेनी सामुदायिक वन उपभोक्ता समूहले २५ हजार रूपैयाँ, नमस्ते कन्सल्टिङ्ग ग्रुप प्रा.लिले २५ हजार ५ रूपैयाँ, मकवानपुर होटेल एसोसियसनले १८ हजार १ सय ५ रूपैयाँ, लायन्स क्लब अफ हेटौंडा बजार ग्रिनसिटि परिवारले ९ हजार ५ सय रूपैयाँ, कृष्ण प्रणामी मूल मन्दिर मूलमिलावा धामले १५ हजार १ सय ५५ रूपैयाँ, तुलसी गिरी (सञ्जिवनी आयुर्वेद पोलिक्लिनिक)ले ५ हजार ५ सय ५५ रूपैयाँ, ज्ञानदिप सहकारी संस्था/जि.एस. निकेतन मा.वि. परिवारले १ लाख ११ हजार १सय ११ रूपैयाँ, बसाहा महादेव टोल विकास परिवारले १२ हजार १ सय २० रूपैयाँ, हेटौडा क्याम्पसले १५ हजार ५ सय ५ रूपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २० हजार १ रूपैयाँ, बिन्दावासिनी टोल विकास संस्था कार्यसमितिले ५ हजार ५ सय २५ रूपैयाँ, जीवन विज्ञान प्रतिष्ठान जिल्ला परिषद् मकवानपुरले १३ हजार ४ सय २५ रूपैयाँ, ग्यावियोनेट इन्भायरोमेन्ट सोलुशन प्रा.लि.ले ५ हजार ५ सय रूपैयाँ, नेपाल अटो ई रिक्सा व्यवासायी संघले १५ हजार १ सय रूपैयाँ, सिद्धार्थ टोल विकास संस्था परिवारले १० हजार १ सय ११ रूपैयाँ, प्रदिप कँडेल (दियालो फोर्स सेक्युरिटी प्रा.लि.)ले १८ हजार रूपैयाँ, सौन्दर्यकर्मी संगठन नेपालले १३ हजार ५ सय रूपैयाँ, नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार ५ रूपैयाँ दान गरेकाे हाे ।
सुरज देवकोटाले ५५ हजार ५ सय ५५ रूपैयाँ, कुन्ता दाहालले ५ हजार ५ रूपैयाँ, गणेशकुमार कर्णले ५ हजार ५ सय ५५ रूपैयाँ, गोमान सि बोम्जन/हरिमाया घलानले ५ हजार ६० रूपैयाँ, वसन्तराज गौतम/मन्जु देवकोटाले १० हजार ५सय ५० रूपैयाँ, परिचय बचत तथा ऋण सहकारी संस्था लिले ५ हजार ५ सय ५५ रूपैयाँ, उत्तम कुमार बस्नेत/विष्णु बस्नेतले ५ हजार ५ सय ५ रूपैयाँ, सुजन वैद्यले ५ हजार ५ सय ५५ रूपैयाँ, बिन्दु भेटवाल पाण्डेले १५ हजार ५सय ५५ रूपैयाँ, कविता भेटवालले १५ हजार ५ सय ५५ रूपैयाँ, ध्रुवबहादुर बिष्टले १५ हजार १ सय ५१ रूपैयाँ, कृष्ण सागर श्रेष्ठले ५ हजार ५ सय ५५ रूपैयाँ, अबिनेश अधिकारीले ५ हजार ५सय ५ रूपैयाँ, लक्ष्मी नेपालले ५ हजार ५ सय ५५ रूपैयाँ, सरोज बिडारी र शोभा गौतम बिडारीले ५ हजार ५ सय ५५ रूपैयाँ, उत्तम खड्काले ५ हजार ५ सय ५५ रूपैयाँ, ह्यग्रीव आचार्यले १५ हजार ५ सय ५५ रूपैयाँ, अर्जुनकुमार आर्यालले ११ हजार रूपैयाँ, अरुण रायमाझीले ५ हजार १ सय रूपैयाँ, मोनिका रायमाझीले ५ हजार १ सय ९१ रूपैयाँ, भरत गोपालले ५ हजार ५ सय ५५ रूपैयाँ, निरन्जन कुमार सहनीले २५ हजार ५सय ५५ रूपैयाँ, मिना भट्टज्यू/सभ्यता लामिछानेले १५ हजार ५ सय ५५ रूपैयाँ, तिर्थ रोक्का क्षेत्रीले १५ हजार ५ रूपैयाँ, प्रदीप पराजुली/ उज्ज्वल पराजुली परिवारले २० हजार २० रूपैयाँ, रामेश्वर लामिछानेले ५ हजार १ सय रूपैयाँ, लालकुमारी भण्डारीले ५ हजार ५ सय ५५ रूपैयाँ, कृष्णप्रसाद सिलवालले ५ हजार १ सय ५१ रूपैयाँ, निर्जन दुलाल/निर्भीक दुलालले ५ हजार ५ सय ५ रूपैयाँ, अनिता श्रेष्ठले ५ हजार २५ रूपैयाँ, भिमसेन चौलागाईले ५ हजार १ सय रूपैयाँ, सुशिला न्यौपाने बुढाथोकीले १५ हजार २५ रूपैयाँ, रामकुमार राजभण्डारीले १० हजार ५ सय ७० रूपैयाँ, सरस्वती खरेलले १० हजार ५ रूपैयाँ, देवकी पौडेलले १५ हजार ५ सय ५ रूपैयाँ, निर्मला श्रेष्ठले २१ हजार ५ सय ५५ रूपैयाँ, सुधा गौतमले ११ हजार १ सय ११ रूपैयाँ, सुन्दरसिंह बुढाथोकीले १५ हजार ५ रूपैयाँ, मोतिलाल श्रेष्ठ/शुशिला श्रेष्ठले २१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे ।
मानवसेवा आश्रमले महायज्ञकाे आयव्यय विवरण आगामी चैत ३० गते बिहान ७ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएकाे छ ।
मावसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले चैत १७ गतेदेखि २४ गतेसम्म महायज्ञकाे आयाेजना गरिएकाे हाे । घरभाडा लिएर सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले हेटौँडा-९ लामसुरेधापका सबै मकवानपुर जिल्लाबासीहरुको मुठ्ठीदानको सहयोग र तीनै तहका सरकारहरूको आंशिक सहयोगबाट भवन निर्माण सम्पन्न गरी भाडाको घरबाट आफ्नै भवनमा सेवा सञ्चालन गरिरहेकाे छ । वि.स. २०६९ साल भाद्र १३ देखि मानवसेवा आश्रमले मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको हाे ।